logo
२०८० चैत्र १६ शुक्रवार



पोर्चुगलको हंगेरीमाथि जित

फुटबल |
खेलकुद |


पोर्चुगलको हंगेरीमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, असार २ गते । यूरो कप फुटबल २०२० मा पोर्चुगलले हंगेरीमाथि जित हात पारेको छ । बूडापेष्टमा गए राति सम्पन्न खेलमा पोर्चुगलले हंगेरीमाथि ३–० को एकतर्फी जित हात पारेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकेको हंगेरी दोस्रो हाफको उत्तराद्र्धतिर सुरुवाती प्रदर्शनलाई निरन्तरता दिन नसक्दा दश मिनेटभित्र तीन गोल खानुपर्यो । हंगेरीले पोर्चुगलसँग बराबरी खेल्ने आँकलन भइरहँदा ८४ औं मिनेटमा रफाल गुएरेरोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाउनुभयो । ८७ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलले अग्रतालाई दोब्बर पारेको पोर्चुगलले अतिरिक्त समयमा पाएको पेनाल्टीलाई समेत गोलमा परिणत गर्दा ३–० को सहज जित हात पार्न सफल भयो । पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?