logo
२०८० चैत्र १६ शुक्रवार



कोपा अमेरिकामा ब्राजिलको भेनेजुएलामाथि सहज जित

फुटबल |
खेलकुद |


कोपा अमेरिकामा ब्राजिलको भेनेजुएलामाथि सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । ब्राजिलले कोपा अमेरिका फुटबलमा भेनेज्वालामाथि सहज जित हात पारेको छ । गए राति अबेर सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–० ले हराएको हो ।
पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप दुई गोल गर्यो । ब्राजिलका लागि पेरिस सैन्ट जर्माइनका डिफेन्डर मार्किन्होले २३ औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाउनुभयो । ६४ औं मिनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई नेयमारले गोलको दिशा दिनुभयो । खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा बारबोसा अलमैडाले नेयमारको सहयोगमा गोल थप्दा ब्राजिलले ३–० को सहज जित हात पार्न सफल भयो ।
नौ पटक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिलले सन् २०१९ को संस्करणमा १२ वर्षपछि उपाधि जित्न सफल भएको थियो ।
भेनेज्वालाका १२ जना खेलाडी तथा प्रशिक्षण टोलिका सदस्य कोभिड सङ्क्रमित भएको अवस्थामा उसले ब्राजिलको सामना गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?