logo
२०८१ बैशाख ७ शुक्रवार



क्रोएशियामाथि इंग्ल्याण्डको जित

फुटबल |
खेलकुद |


क्रोएशियामाथि इंग्ल्याण्डको जित
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३१ गते । यूरोकप फुटबल २०२२ अन्तगर्त गए राति सम्पन्न खेलमा इंग्ल्याण्डले क्रोएशियामाथि १–० को जित हात पारेको छ । वेम्ब्लीमा समूह डी अन्तगर्तको खेलमा इंग्ल्याण्डले यूरो कप फुटबलको आफ्नो पहिलो खेलमा क्रोएशियालाई हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको सुरुवातमै इंग्ल्याण्डले गोल गर्दै अग्रता लियो । केल्भिन फिलिप्सको पासलाई रहीम स्टर्लिङले ५७ औं मिनेटमा गोलको दिशा दिनुभयो । उक्त गोल नै इंग्ल्याण्डलाई क्रोएशियामाथि जित दिलाउन पर्याप्त भयो ।
इंग्ल्याण्डले खेलको सुरुवातमै फिल फोडेनको प्रहारबाट अग्रता लिने अबसर पाएको थियो । तर उक्त प्रहार विफल भयो । यद्दपी रहीम स्टर्लिङले मुख्य प्रतियोगितामा पहिलो पटक योगदान गर्दा इंग्ल्याण्डको जित सम्भब भयो । क्रोएशियाले भने इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफर्डलाई खेल अबधिभर बिरलै चुनौती दियो । मस्कोमा सन् २०१८ को विश्वकप फुटबलको सेमीफाइनलमा क्रोएशियाले इंग्ल्याण्डलाई हराएको थियो ।
इंग्ल्याण्डले यूरो कप फुटबल अन्तगर्त शुक्रबारका लागि निर्धारित खेलमा स्कटल्याण्डको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?