logo
२०८१ बैशाख १३ बिहीवार



बिकास खवास बाहिरिए, अष्ट्रेलिया बिरुद्ध पाँच परिवर्तन

फुटबल |
खेलकुद |


बिकास खवास बाहिरिए, अष्ट्रेलिया बिरुद्ध पाँच परिवर्तन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २८ गते । अष्ट्रेलिया बिरुद्धको खेलमा नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले पाँच परिवर्तन गर्नुभएको छ । विश्वकप फुटबल २०२२ र एशिया कप २०२३ को छनोट अन्तगर्तको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाको सामना गर्दैछ ।
कुवेतस्थित अल जबेर अन्तर्राष्ट्रिय रङशालामा अबको केही समयमा सुरु हुने खेलबाट बिकास खवास बाहिरिनुभएको छ । जोर्डन बिरुद्धको खेलमा घाइते भएपछि उहाँ पहिलो हाफमै बाहिरिनुभएको थियो । जोर्डन बिरुद्धको खेलमा पहिलो रोजाईमा परेका अञ्जन विष्ट, दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ बेञ्चमा बस्नेछन् ।
नेपालले अष्ट्रेलिया बिरुद्ध ४–३–३ को रणनीतिमा खेल्नेछ । पूजन उपरकोटी, विशाल राई र एरिक विष्ट मीडफिल्डमा हुनेछन् । डिफेन्समा गौतम श्रेष्ठ, आक्रमणमा नवयुग श्रेष्ठ तथा सुनिल बलले खेल्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?