logo
२०८० चैत्र १५ बिहीवार



इजरायलमाथि पोर्चुगलको सहज जित

फुटबल |
खेलकुद |


इजरायलमाथि पोर्चुगलको सहज जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २७ गते । पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायलमाथि सहज जित हात पारेको छ । यूरो कप फुटबल २०२० को पूर्ब सन्ध्यामा तयारी स्वरुप खेलिएको खेलमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो अन्तरको जित हात पारेको हो ।
पोर्चुगलको जितमा ब्रुनो फर्नान्डिसले दुई गोल गर्नुभयो । हाफटाइम सकिन दुई मिनेट बाँकी छँदा ब्रुनो फर्नान्डिसले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाउनुभयो । दुई मिनेट नबित्दै ब्रुनो फर्नान्डिसको सहयोगमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै हाफटाइमसम्म अग्रतालाई दोब्बर पार्नुभयो ।
८६ औं मिनेटमा जोआओ कन्सेलोले खेल सकिन चार मिनेट बाँकी छँदा गोल थप्नुभयो । अतिरिक्त समयको पहिलो मिनेटमा फर्नान्डिसले आफ्नो दोस्रो गोल थप्दा पोर्चुगलले इजरायलमाथि ४–० को जित हात पार्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?