logo
२०८१ बैशाख ११ मंगलवार



म्यान्चेष्टर सिटीका डे ब्रुन ‘पीएफए’ वर्ष खेलाडी घोषित

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटीका डे ब्रुन ‘पीएफए’ वर्ष खेलाडी घोषित
तस्विर-गेट्टी इमेजेज


गेरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते । म्यान्चेष्टर सिटीका मीडफिल्डर केभिन डे ब्रुन ‘प्रोफेशनल फुटबलर्स एशोसिएशन’ पुरस्कारको वर्ष खेलाडी घोषित हुनुभएको छ । उहाँले लगातार दोस्रो पटक उक्त पुरस्कार जित्नुभएको छ । ब्रुनका सहखेलाडी फिल फोडेन पीएफएको युवा वर्ष खेलाडीको पुरस्कार जित्नुभएको छ । म्यान्चेष्टर सिटीले तेस्रो पटक प्रिमियर लिग र कारबाओ कपको उपाधि जित्दा दुबै खेलाडीको भूमिका प्रभाबकारी थियो ।
२९ वर्षीय डे ब्रुन लगातार दोस्रो पटक वर्ष खेलाडी घोषित हुने दोस्रो खेलाडी हुनुहुन्छ । यसअघि क्रिष्टियानो रोनाल्डो म्यान्चेष्टर यूनाइटेडमा हुँदा दुई पटक वर्ष खेलाडी घोषित हुनुभएको थियो ।
बेल्जियमा डे ब्रुनले प्रिमियर लिगको पछिल्लो संस्करणमा छ गोल गर्नुका साथै १२ गोलमा सघाउनुभएको थियो । सिटीले चेलसी विरुद्ध च्याम्पियन्स लिगको फाइनलमा हार्नु अघि डे ब्रुन नाक र आँखामाथिको हाड भाँचेर टोलीबाट बाहिरिनुभएको थियो । शल्यक्रियापछि उहाँ बेल्जियमको यूरो कप २०२० को यात्रामा सहभागी हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?