logo
२०८१ बैशाख ४ मंगलवार



स्पेनका कप्तान सर्जियो बस्केटस कोरोनाबाट सङ्क्रमित

फुटबल |
खेलकुद |


स्पेनका कप्तान सर्जियो बस्केटस कोरोनाबाट सङ्क्रमित
तस्विर-इपीए


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते । यूरो कप फुटबल २०२० सुरु हुन एक साता मात्रै बाँकी रहँदा स्पेन फुटबल टोलिका कप्तान सर्जियो बस्केटस कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । ३२ वर्षीय बस्केटस सङ्क्रमित भएपछि स्पेनिस राष्ट्रिय फुटबल टोलिको मंगलबारका लागि निर्धारित लिथुएनिया बिरुद्धको मैत्रीपूर्ण खेल स्थगित भएको छ ।
बीबीसीका अनुसार टोलिका अन्य सदस्यको कोरोना रिर्पोट निगेटिभ आएपनि बस्केटसमा सङ्क्रमणको पुष्टि भएपछि उहाँको सम्पर्कमा आएका अन्य खेलाडी तथा अधिकारीलाई समेत आइसोलेट गरिएको छ । लिथुएनिया बिरुद्धको खेलमा स्पेनका २१ वर्ष मुनिको टोलिले स्पर्धा गर्नेछ ।
स्पेन यूरो कप फुटबल २०२० को समूह इ मा रहेको छ । स्पेनले स्वीडेन बिरुद्ध जुन १४ मा सेभियामा यूरो कपको आफ्नो पहिलो खेल खेल्नेछ । स्पेनले दोस्रो खेलमा १९ जुनमा पोल्याण्डको र २३ जुनमा तेस्रो खेल स्लोभाकिया बिरुद्ध खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?