logo
२०८० चैत्र १५ बिहीवार



स्वीडेनले आर्मेनियालाई हरायो

फुटबल |
खेलकुद |


स्वीडेनले आर्मेनियालाई हरायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २३ गते । स्वीडेनले आर्मेनियालाई ३–१ ले हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तगर्त यूरो कप २०२० को पूर्ब सन्ध्यामा स्वीडेनले आर्मेनियालाई हराएको हो ।
आयोजक स्वीडेनले एमिल फोर्सबर्ग र मार्कस डेनिएलसनको गोलबाट स्टकहल्ममा २–० को अग्रता लिन सफल भयो । आर्मेनियाका भहान बिचख्यानले पुनरागमन गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनु अघि लिन्डेलोफको प्रहार बिफल भएको थियो ।
प्रतिस्थापित खेलाडी मार्कस बर्गले ८५ औं मिनेटमा गर्नुभएको गोल नै खेलको अन्तिम गोल रहन गयो । र स्वीडेनले आर्मेनियामाथि ३–१ को सहज जित हात पार्न सफल भयो ।
स्वीडेनले यूरो कप २०२० को आफ्नो पहिलो खेलमा जुन १४ मा सेभियामा स्पेनको सामना गर्नेछ । सन् १९९२ को यूरो कपको सेमीफाइनलसम्म पुगेको स्वीडेनले चार दिनपछि स्लोभाकिया र त्यसको पाँच दिनपछि पोल्याण्डको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?