logo
२०८० चैत्र १६ शुक्रवार



विश्वकप छनोटमा ब्राजिलको इक्वेडरमाथि जित

फुटबल |
खेलकुद |


विश्वकप छनोटमा ब्राजिलको इक्वेडरमाथि जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । ब्राजिल विश्वकप फुटबल २०२२ को छनोट खेलमा इक्वेडरमाथि सहज जित हात पारेको छ । छनोट चरण अन्तगर्तको पछिल्लो खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले हराएका छ ।
इक्वेडरलाई हराएसँगै ब्राजिलले छनोटको आफ्नो पाँचैं खेल जितेको छ । दक्षिण अमेरिकी समूहमा रहेको दश टोलिमध्ये ब्राजिल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । उसले पाँच खेलबाट १५ अङ्क जोडेको छ । दोस्रो स्थानको आर्जेन्टिनाको ११ अङ्क छ ।
विश्वकप छनोट अन्तगर्तको आफ्नो पछिल्लो तीन खेल लगातार जितेको इक्वेडरले ब्राजिललाई कडा चुनौती दिएपनि हार टार्न सकेन । पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । तर एभर्टन रिचार्लिसनले ६५ औं मिनेटमा गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाउनुभयो । म्यान्चेष्टर सिटीटका ग्रेब्रेल जिससको फौलमा पेनाल्टीको अबसरलाई ब्राजिलका लागि पेरिस सैन्ट जर्माइन(पीएसजी)का नेयमारले गोलमा परिणत गर्नुभयो । उक्त गोल ब्राजिलको जित दिलाउन पर्याप्त भयो ।
छनोट अन्तगर्तको अर्को खेलमा ब्राजिलले पराग्वेको सामना आगामी मंगलबार गर्दैछ । इक्वेडरले भने पेरुलाई आयोजना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?