logo
२०८१ बैशाख १३ बिहीवार



चेक रिपब्लिकको पोष्टमा इटालीको चार गोल

फुटबल |
खेलकुद |


चेक रिपब्लिकको पोष्टमा इटालीको चार गोल
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । यूरो कप २०२० को पूर्वसन्ध्यामा इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित हात पारेको छ । इटालीले पछिल्लो आठ खेलमा बिना कुनै गोल खाँदै लगातार जित हात पारेको हो ।
सिरो इमोबिलले सुरुवाती गोल गर्दै इटालीलाई १–० को अग्रता दिलाउनुभयो । उहाँले २३ औं मिनेटमा गोल गर्नुभयो । ४२ औं मिनेटमा निकोलो बरेलाले गोल थप्दा इटालीले अग्रतालाई दोब्बर पार्यो । आफ्नो ३० औं जन्मोत्सव मनाएका लोरेञ्जो इन्सिनेले ६६ औं मिनेटमा गोल गर्दा इटालीले अग्रतालाई तेब्बर पार्यो । सात मिनेट नबित्दै डोमिनिको बेरर्दिले गोल गर्दै इटालीले चेक रिपब्लिकमाथि ४–० को सहज जित हात पार्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?