logo
२०८१ बैशाख ११ मंगलवार



इब्राहिमोभिकमाथि ५० हजार यूरो जरिवाना

फुटबल |
खेलकुद |


इब्राहिमोभिकमाथि ५० हजार यूरो जरिवाना
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । यूरोपेली फुटबल संघ(यूइएफए)ले ज्लाटन इब्राहिमोभिकमाथि ५० हजार यूरोको जरिवाना लगाएको छ । सट्टा लगाउने कम्पनीसँगको आफ्नो आबद्धतालाई अन्त्य गर्न समेत संघले इब्राहिमोभिकलाई निर्देशन दिएको छ ।
एसी मिलानका ३९ वर्षीय फरवार्ड इब्राहिमोभिक सट्टा लगाउने कम्पनीमा आबद्ध भएको खुलेपछि यूरोपेली फुटबल सञ्चालन गर्ने निकाय यूइएफएले छानबीन सुरु गरेको थियो । उक्त प्रकरणमा एसी मिलानमाथि समेत २५ हजार यूरो जरिवाना तोकिएको छ ।
इब्राहिमोभिकले हालै एसी मिलानसँगको आफ्नो आबद्धतालाई नवीकरण गर्नुभएको छ । जुन उहाँको ४० औं जन्मदिनसम्म चल्नेछ । म्यान्चेष्टर यूनाइटेडका पूर्ब स्ट्राइकर इब्राहिमोभिकले एसी मिलानका लागि २७ खेलमा १७ गोल गर्नुभएको छ ।
यसै वर्ष इब्राहिमोभिकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको पाँच वर्षपछि पुनः स्वीडेनका लागि खेल्ने निर्णयमा पुग्नुभएको थियो । घुँडामा आएको चोटको कारण इब्राहिमोभिक यूरो २०२० को स्वीडेनको टोलि पर्न सक्नुभएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?