logo
२०८० चैत्र १६ शुक्रवार



मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुग्यो

फुटबल |
खेलकुद |


मैत्रीपूर्ण फुटबल खेल्न राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुग्यो
तस्विर-इराक फुटबल संघ


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १२ गते । विश्वकप फुटबल २०२२ को छनोटको तयारी स्वरुप मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलि इराकको बसरा पुगेको छ । कतार एयरवेजको विमानबाट आज अपरान्ह बसरामा अवतरण गरेको नेपाली टोलिलाई बसराका स्थानीय अधिकारीहरुले स्वागत् गरेका छन् ।
इराकी फुटबल संघले नेपालको राष्ट्रिय फुटबल टोलिका सदस्य अवतरण गर्दै गरेको तस्विर साझा गरेको छ । बसरा शेराटनमा बसाई रहेको नेपाली टोलिले आजै स्पोर्टस् सिटी स्टेडियममा अभ्यास खेलेको छ । टोलिमा २३ खेलाडी तथा १३ अधिकारी रहेका छन् । यसअघि अखिल नेपाल फुटबल संघ(एन्फा)ले भ्रमण टोलिमा ३५ सदस्य रहेको जनाएको थियो ।
इराक बसाइको क्रममा नेपालले शनिबार इराकको राष्ट्रिय फुटबल टोलिसँग मैत्रीपूर्ण म्याच खेल्नेछ । इराकको सीमासँग जोडिएको कुवेतमा विश्वकप छनोटको दोस्रो चरणको खेल हुनेछ । छनोट खेल्नु अघि खेलाडीलाई कुवेत जस्तै वातावरण रहेको इराकमा मैत्रीपूर्ण म्याच खेलाउँदा छनोट खेलमा टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपालले छनोट अन्तगर्तको खेलहरुमा चाइनिज ताइपेइ, जोर्डन र अष्ट्रेलियासँग खेल्न बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?