logo
२०८० चैत्र १५ बिहीवार



हेन्सी फ्लिक फुटबल जर्मनीको नयाँ प्रशिक्षक नियुक्त हुँदै

फुटबल |
खेलकुद |


हेन्सी फ्लिक फुटबल जर्मनीको नयाँ प्रशिक्षक नियुक्त हुँदै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ११ गते । बेयार्न म्युनिकलाई सफलतापूर्बक बुण्डेसलिगाको उपाधि दिलाउनुभएका हेन्सी फ्लिक जर्मनीको राष्ट्रिय फुटबल टोलिको प्रशिक्षकको जिम्मेवारी लिनुहुने भएको छ । सन् २००६ देखि जर्मनीका प्रशिक्षकको रुपमा रहनुभएको जोकिम ल यूरो २०२० को समापनसँगै प्रशिक्षकको पद त्याग्नुहुनेछ ।
हेन्सी फ्लिकले सन् २०२४ सम्म जर्मनीको प्रशिक्षक रहीरहने सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । “जर्मनी टोलिका खेलाडीको स्तर, युवा खेलाडीको संख्यालाई लिएर म अत्यन्तै उत्साहित छु ।”– सम्झौता हस्ताक्षरपछि ५६ वर्षीय हेन्सीले प्रतिक्रिया जनाउनुभएको छ ।
हेन्सीले गत् अप्रिल महिनामा आफू बेर्यान म्युनिक छोड्न लागेको जनाउ दिनुभएको थियो । बेर्यान म्युनिकपछि आफू आरबी लेप्जिगको जिम्मेवारी सम्हाल्ने उहाँले बताउनुभएको थियो । हेन्सीसँग सन् २००६ देखि २०१४ सम्म जोकिम लको सहायक प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ ।
ब्राजिलमा विश्वकप जितेपछि हेन्सीले सहायक प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको थियो । त्यस लगत्तै उहाँ बेर्यान म्युनिकको सहायक प्रशिक्षकमा नियुक्त हुनुभयो । तर निको कोभाकले सन् २०१९ मा राजिनामा गरेपछि हेन्सीले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्नुपर्यो । र हेन्सीको प्रशिक्षणमा बेर्यान म्युनिकले सन् २०१९÷२० को जर्मन च्याम्पियन्स लिग बुण्डेसलिगाको उपाधि जित्यो । तीन वर्षे अनुबन्धनमा रहेका हेन्सीले आफ्नै प्रशिक्षकत्वमा बेर्यानलाई क्लब विश्वकपको उपाधि समेत दिलाउनुभयो । पहिलो १६ महिने कार्यवधिमा उहाँले बेर्यानलाई छ वटा प्रमुख उपाधि दिलाउनुभयो । तर जारी संस्करणमा नयाँ खेलाडीको अनुबन्धनले बेर्यान म्युनिकले बुण्डेसलिगाको उपाधि जितेपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै पेरिस सैन्ट जर्माइनबाट हार बेहोर्नुपर्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?