logo
२०८१ बैशाख १२ बुधवार



युभेन्ट्सले च्याम्प्यिन्स लिगमा स्थान सुनिश्चित गर्यो

फुटबल |
खेलकुद |


युभेन्ट्सले च्याम्प्यिन्स लिगमा स्थान सुनिश्चित गर्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । युभेन्ट्सले च्याम्प्यिन्स लिगको आगामी संस्करणका लागि स्थान सुनिश्चित गरेको छ । इटाली सिरी ए को अन्तिम दिन बोलोग्नामाथि सहज जित हात पार्दै ऊ च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भयो ।
युभेन्ट्सले इटाली सिरी ए को अन्तिम चारमा स्थान सुनिश्चित गर्ने क्रममा नपोलीलाई पछाडि धकेल्यो । नपोलीले ३८ खेलबाट ७७ अङ्कमा चित्त बुझाउनुपर्यो । युभेन्ट्ससले भने बोलोग्नालाई हराएर ७८ अङ्क जोड्दै नपोलीलाई उछिनेर अन्तिम चारमा पुग्न सफल भयो ।
शीर्षस्थानको इन्टर मिलानको ९१ अङ्क छ । दोस्रो स्थानको एसी मिलानको ७९ र तेस्रो स्थानको एटलान्टाको ७८ अङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?