logo
२०८१ बैशाख १३ बिहीवार



चेल्सी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भए

फुटबल |
खेलकुद |


चेल्सी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । चेलसी र लिभरपुल प्रिमियर लिगको अन्तिम चारमा स्थान सुनिश्चित गर्दै च्याम्पियन्स लिगका लागि छनोट भएको छ । गए राति सम्पन्न प्रिमियर लिगको तनावपूर्ण अन्तिम खेलमा चेलसीले हार बेहोरे पनि चौथो स्थानमा रहन सफल भयो । लिभरपुलले भने जित हात पार्दै तेस्रो स्थानमा उक्लिन सफल भयो । लिभरपुलले क्रिष्टल पैलेसमाथि २–० को जित हात पार्दै ३८ खेलबाट ६९ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिन सफल भयो ।
चेलसीले आष्टन भिल्लासँग २–१ ले हार बेहोर्यो । चेलसी ६७ अङ्कसहित चौथो स्थानमा रहन सफल भयो । लेष्टर सिटी भने टटनहमसँग हार बेहोर्दा च्याम्पियन्स लिग पुग्न असफल भयो । लेष्टर सिटीको ६५ अङ्क छ । टटनहमले जित हात पारे पनि अन्तिम चारमा स्थान बनाउन असफल रह्यो । उसको ६२ अङ्क छ ।
लेष्टर सिटीले ६६ अङ्कमा चित्त बुझाउनुपर्यो । लेष्टरले टटनहममाथि जित हात पारेको भए चेलसीले अन्तिम चारमा स्थान बनाउन असफल हुने थियो । वेष्टहम भने साउथम्पटनमाथि ३–० को जित हात पारे पनि उसले ६५ अङ्कमा चित्त बुझाउनुपर्यो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?