logo
२०८१ बैशाख १३ बिहीवार



एटलेटिको मड्रिड ला लिगाको च्याम्पियन बन्यो

फुटबल |
खेलकुद |


एटलेटिको मड्रिड ला लिगाको च्याम्पियन बन्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ९ गते । रियल मड्रिडलाई उछिन्दै एटलेटिको मड्रिड स्पेनिस च्याम्पियनशीप ला लिगाको उपाधि जितेको छ । लुइस सौरेजले निर्णायक गोल गर्दा ला लिगाको अन्तिम खेलमा एटलेटिकोले रियल भल्लाडोलिडलाई १–२ ले हराएर अङ्क तालिकाको शीर्ष स्थनमा रहन सफल भयो ।
डिएगो सिमोन्सको एटलेटिको मड्रिड ओस्कर प्लानोको गोलबाट खेलमा १–० ले पछाडि पर्यो । उहाँले १८ औं मिनेटमा गोल गर्दै रियल भल्लाडोलिडलाई सुरुवाती अग्रता दिलाउनुभयो । तर दोस्रो हाफमा दुई गोल गरेर एटलेटिको मड्रिडले खेल आफ्नो पक्षमा पार्यो । एटलेटिकोको जितमा एञ्जेल कोरिया र लुईस सौरेजले एक एक गोल गर्नुभयो ।
५७ औं मिनेटमा एञ्जेलले बराबरी गोल फर्काउँदै एटलेटिकोलाई खेलमा पुनरागमन गराउनुभयो । दश मिनेट नबित्दै लुइस सौरेजले गर्नुभएको प्रहार गोलमा परिणत भएपछि एटलेटिकोले खेल २–१ ले आफ्नो पक्षमा पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लेर ला लिगाको उपाधि जित्न सफल भयो ।
एटलेटिकोले ३८ खेलबाट ८६ अङ्क बटुलेको छ । रियल मड्रिड भने समान खेलबाट ८४ अङ्क जोडेर दोस्रो स्थानमा चित्त बुझायो । तेस्रो स्थानको बार्सिलोनाले भने ३८ खेलबाट ७९ अङ्क बटुलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?