logo
२०८० चैत्र १५ बिहीवार



बैतडीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

प्रदेश |


बैतडीमा एक जना कोरोना सङ्क्रमितको मृत्यु


गोकर्ण दयाल
बैतडी, जेठ २ गते । बैतडीमा एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा निधन भएको छ । पाटन नगरपालिका–८, का ३७ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमित युवकको मृत्यु भएपछि पाटन नगरपालिका–८, ९ र १० नम्बर वडालाई जेठ १७ गतेसम्म सिल गरिएको पाटन नगरपालिकाले जानकारी दिएको छ ।
आईतबार बैतडीमा ६० जना कोराना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै बैतडीमा कोरोनाका सक्रिय सङ्क्रमित ९१६ जना पुगेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । आइतबार छ जनाले कोरोना जितेका छन् ।

अक्सिजनका लागि सहयोग अभियान थालियो
भारतसँग सीमा जोडिएको बैतडी सुदूरपश्चिमका कैलाली र कञ्चनपुरपछि बढी सङ्क्रमित भएको जिल्ला बन्न पुगेपछि बिरामीको उपचारका लागि अक्सिजन सयोग अभियान थालिएको छ ।
दशरथचन्द स्मृति प्रतिष्ठानको अगुवाईमा जिल्ला अस्पताल बैतडीका लागि अक्सिजन किन्न आर्थिक अभियान थालिएको दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद चन्दले बताउनुभयो ।
बैतडी अस्पताललाई एकसय वटा अक्सिजन सिलिण्डर आवश्यक परेकोमा हाल १९ वटा मात्र अक्सिजन सिलिण्डर रहेको बैतडी अस्पतालका डा. वशन्तराज जोशीले बताउनुभयो ।
तस्बिरः जिल्ला अस्पताल बैतडीमा उपचाररत कोरोना सङ्क्रमित ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?