logo
२०८१ बैशाख ५ बुधवार

  सीसीएमसी बैठक सम्पन्न  



जनताले ज्यान गुमाउन नपर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

पढ्नै पर्ने |


जनताले ज्यान गुमाउन नपर्ने गरी काम अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फाइल तस्विर


छेटु शेर्पा

काठमाडौं, जेठ १ गते । आर्थिक स्रोतको अभाव र प्रक्रियागत झन्झटका कारण जनताले अकालमै ज्यान गुमाउनुपरेको भन्दै तत्काल प्रक्रियागत झन्झटलाई सहज बनाएर काम अघि बढाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी हुनुभएको थियो ।
सिसिएमसीले प्रधानमन्त्रीको निर्देशन अनुसार तत्काल काम अघि बढाउनेसमेत निर्णय गरेको बैठकपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सामाग्री खरिद प्रक्रियादेखि अन्य कामसमेत कानुनी रुपमा झन्झटिलो हुँदा जनताले ज्यान गुमाउनु परेको भन्दै सरकारले तत्काल संकट व्यवस्थापनमा अघि बड्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
सिसिएमसीले अक्सिजन उद्योगले खपत गरेका विद्युत महसुलमा छुट दिने, भारतबाट निर्यात गरिदै आएको लिक्वीड अक्सिजनलाई थप निरन्तरता दिने , ट्याङकर र सिलिण्डर आपूर्ति बढाउने लगायतका निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले चीनबाट चार सय थान र ओमनबाट ५६१ थान सिलिण्डर ल्याइसकेको छ । ल्हासा हुँदै तातोपानीबाट सिलिण्डर ल्याउने काम भएकाले अव अक्सिजनको समस्या खेप्नु नपर्ने ज्ञवालीले बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या हेर्दा अघिल्लो सातामा ५६ हजार र यो साता ६३ हजार पुगेको थियो भने ३ दिनदेखिको तथ्याङ्क हेर्दा सङ्क्रमितको सङ्ख्या कम हुदै गएपछि सङ्क्रमणको ग्राफ कम हुँदै जाने विश्वास  सरकारले लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?