logo
२०७८ कार्तिक ४ बिहीवार



चेलसीलाई हराउँदै लेष्टरले एफ ए कपको उपाधि जित्यो

फुटबल |
खेलकुद |


चेलसीलाई हराउँदै लेष्टरले एफ ए कपको उपाधि जित्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २ गते । लेष्टर सिटी एफ ए कप फुटबलको उपाधि जितेको छ । फाइनलमा चेलसीलाई ०–१ ले हराउँदै लेष्टर एफ ए कपको विजेता बनेको छ ।
यूरी टिएलेमाँसले दोस्रो हाफको मध्यतिर गर्नुभएको एक मात्र गोल लेष्टर सिटीलाई चेलसीमाथि जित दिलाउन पर्याप्त भयो । ६३ औं मिनेटमा बेल्जियन यूरीले २५ गजबाहिरबाट गर्नुभएको प्रहार चेलसीका गोलरक्षक केपा एरिजाबलागालाई छिचोल्दै गोलमा परिणत भयो । सन् १९६९ यता लेष्टर सिटीको यो पहिलो एफ ए कपको उपाधि हो ।
कोरोना महामारीको सङ्कटका बीच वेम्ब्लीमा २१ ह्जार दर्शकका बीच एफ ए कपको फाइनल खेलाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?