logo
२०८१ बैशाख १३ बिहीवार



म्यान्चेष्टर सिटीका लपोर्टे फ्रान्सको नागरिकता त्यागेर स्पेन जाँदै

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटीका लपोर्टे फ्रान्सको नागरिकता त्यागेर स्पेन जाँदै
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । फुटबलको सर्वाेच्च निकाय फिफाले म्यान्चेष्टर सिटीका डिफेन्डर ऐमेरिक लर्पोटे फ्रान्सेली नागरिकता परित्याग गरेर स्पेन जाने अनुमति दिएको छ । २६ वर्षीय लर्पोटेले गत् साता मात्रै स्पेनको नागरिकता प्राप्त गर्नुभएको छ । फिफाको अनुमतिपछि उहाँले यूरो २०२० मा स्पेनको प्रतिनिधित्व गर्नुहुने भएको छ ।
लर्पोटेले फ्रान्सको युवा टोलिमा अटाएपनि राष्ट्रिय टोलिको प्रतिनिधित्व गर्न सक्नुभएको छैन् । फिफाले एक वक्तब्य जारी गरी तात्कालै लागू हुने गरी उहाँ स्पेनको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गरेको छ ।
फ्रान्समा जन्मिएका लर्पोटेले सन् २०१८ मा पाँच करोड ७० लाख यूरोमा म्यान्चेष्टर सिटीमा आबद्ध हुनुभयो । त्यसअघि उहाँ एथलेटिको बिल्बाओका लागि खेल्नुभएको थियो ।
फिफाले गत वर्ष आफ्नो वार्षिक साधारण सभाबाट खेलाडीले राष्ट्र परिवर्तन गर्न खोजेको अवस्थालाई ध्यानमा राखेर विधानमा संशोधन गरेको थियो । संशोधित विधान बमोजिम २१ वर्ष हुनुअघि तीन वटा खेलभन्दा बढीमा राष्ट्रिय टोलीका लागि नखेलेको र विश्वकप वा महादेशीय प्रतियोगिता नखेलेको अवस्थामा अर्को राष्ट्र पुग्न सक्ने उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?