logo
२०८० चैत्र १६ शुक्रवार



म्यान्चेष्टर सिटीको न्यू क्यासलमाथि रोमाञ्चक जित

फुटबल |
खेलकुद |


म्यान्चेष्टर सिटीको न्यू क्यासलमाथि रोमाञ्चक जित
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १ गते । म्यान्चेष्टर सिटी प्रिमियर लिगको च्याम्पियन घोषित भएपछि पहिलो खेल जितेको छ । न्यू क्यासलमाथि सिटीले ४–३ को जित हात पारेको हो ।
म्यान्चेष्टर सिटीको जितमा फेरन टोरसले हयाट्रिक गोल गर्नुभयो । खेल अबधिभर दुई पटक पछाडि परे पनि फेर्रन टोरसले हयाट्रिक गोल गर्दा म्यान्चेष्टर सिटीले अवे खेलमा लगातार १२ औं जित हात पार्यो । २५ औं मिनेटमा जोञ्जो शेलभीको कर्नरलाई एमिल क्राफ्थले शक्तिशाली प्रहार गर्दै गोलको दिशा दिँदा न्यू क्यासलले सुरुवाती अग्रता लियो । तर जोआओ कन्सिलोले ३९ औं मिनेटमा बराबरी गोल फर्काउँदै खेल १–१ को स्थितिमा ल्याउनुभयो ।
टोरसले ४२ औं मिनेटमा पहिलो गोल गर्दै सिटीलाई २–१ के अग्रता दिलाउनुभयो । तर म्यान्चेष्टर सिटीका डिफेन्डर जोनाथन एकले जोएलिन्टनलाई लडाउँदा न्यू क्यासलले पेनाल्टीको अबसर पायो । जोएलिन्टनले उक्त अवसरलाई गोलमा परिणत गर्दै हाफटाइम अघि खेल २–२ को बराबरीमा ल्याउनुभयो ।
६२ औं मिनेटमा जोइ विल्लकले गोल गर्दा न्यू क्यासलले सिटीमाथि ३–२ को अग्रता कायम गर्यो । उक्त अग्रता दुई मिनेट पनि कायम राख्न नसक्दा म्यान्चेष्टर सिटीका टोरसले ६४ औं र ६६ औं मिनेटमा लगातार दुई गोल गरेर न्यू क्यासलमाथि ४–३ को जित सुनिश्चित गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?