logo
२०८० चैत्र १६ शुक्रवार



चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ - तथ्याङ्क विभाग

अन्तर्राष्ट्रिय |


चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ - तथ्याङ्क विभाग
तस्विर-फस्र्टपोष्ट


बेइजिङ, वैशाख २८ गते। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ ।
ब्युरोका प्रमुख निङ जिघेले जनसङ्ख्याको उच्चतम बिन्दु अझै आइनपुगेको जनाउँदै तर त्यस्तो उच्चतम बिन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताउनु भयो ।
हालैका वर्षका जनसाङ्ख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसङ्ख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उहाँले भन्नुभयो । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसङ्ख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उहाँले औंल्याउनुभयो ।
चीनको जनसङ्ख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसङ्ख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्याङ्क ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसङ्ख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत छ ।
निङका अनुसार चीनको जनसङ्ख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्ने क्रममा देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?