logo
२०७८ असार १ मंगलवार

दैनिक अध्यावधिक

image
1694

सङ्क्रमित

image
3994

निको भएका

image
46

मृत्यु भएका

मिति:जेष्ठ ३०, २०७८ (१७:१७)
स्राेत:https://covid19.mohp.gov.np/



पाँच उद्योग एकै पटक बन्द

अर्थ |


पाँच उद्योग एकै पटक बन्द


रङ्गेली समाचारदाता
विराटनगर, वैशाख २८ गते । मेसिनमा फलाम अड्किँदा काट्न प्रयोग गरिने अक्सिजनको आपूर्ति बन्द भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका फलाम उद्योग बन्द गरिएका छन् । कोरोना सङ्क्रमणसँगै औद्योगिक क्षेत्रमा हुने अक्सिजन आपूर्ति बन्द भएपछि त्यसको अवसर फलामे उद्योगमा परेको हो ।
करिडोरका पशुपति आइरन, हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टिल, प्रिमियर वायर, प्रिमियर स्टिल उद्योग बन्द गरिएका छन् । आफ्नै अक्सिजन उद्योग भएको प्रिमियर स्टिल र प्रिमियर वायर पनि बन्द गरिएको छ । प्रिमियरका सञ्चालक एवं पूर्वसंविधान सभा सदस्य पवनकुमार शारडाले औद्योगिक क्षेत्रमा रहेका अक्सिजनका सिलिन्डर मेडिकल प्रयोग प्रयोजानार्थ फिर्ता गरिएसँगै फलाम उद्योगबाट हुने उत्पादन बन्द गरिएको जानकारी दिनुभयो ।
“सरकारको निर्णय कार्यान्वयनबाहेक अर्को विकल्प हामीसँग पनि छैन,” उद्योगी शारडाले भन्नुभयो, “मेरो आफ्नै स्वामित्वको विनायक अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन मैले फलाम उत्पादनका लागि प्रयोग गरेको छैन । ” प्रिमियर स्टिल उद्योगले दैनिक आठ सय मेट्रिक टन क्षमता राख्दछ ।
निर्माणमा प्रयोग हुने फलामका कुनै पनि सामान उत्पादन गर्न रोकिएको शारडाले बताउनुभयो । प्रिमियरकै उत्पादन वायरमा भने अक्सिजनको भूमिका कम हुने भएकाले सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
पशुपति आइरनका सञ्चालक अशोक मुरारकाका अनुसार फलामे उद्योग एक मिनेट पनि अक्सिजनबिना सञ्चालन हुन नसक्ने बताउनुभयो । ‘प्रोडक्ट’ मेसिनमा अड्कियो भने त्यसलाई काट्न अक्सिजन नै चाहिन्छ, उद्योगी मुरारकाले भन्नुभयो, “उत्पादनका अन्य प्रक्रियामा पनि अक्सिजन अनिवार्यजस्तै हुन्छ फलामे उद्योगलाई । ”
गत हप्तादेखि सरकारले देशभरिका औद्योगिक क्षेत्रमा प्रयोग हुने अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन गरेको थियो । अक्सिजन उद्योगहरूले समेत अहिले औद्योगिक प्रयोजनका लागि खपत हुने सिलिन्डर रिफिल गरेर पठाउन छोडिसकेको विनायक अक्सिजन उद्योगका सञ्चालक अमित शारडाले बताउनुभयो ।
विनायक अक्सिजनका सञ्चालक शारडाका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित चारवटा अक्सिजन उद्योगले उत्पादन गर्ने अक्सिजन सिलिन्डरको २५ प्रतिशत औद्योगिक प्रतिष्ठानमा खपत हुँदै आएको थियो । ती सिलिन्डर अहिले मेडिकल प्रयोग प्रयोजनार्थ मात्रै पठाउने गरिएको छ ।
फलाम उद्योगका सञ्चालकले कामदारको पारिश्रमिक र विद्युत्को महसुलको विषयमा सरकारले केही प्याकेज दिनुपर्ने माग गरेका छन् । पूर्वका सबैजसो फलामे उद्योगले आफ्नै अक्सिजनका सिलिन्डर भए पनि अहिले अक्सिजन उद्योगले औद्योगिक प्रयोजनका लागि पुनः भर्ने नगरेको उद्योगी मुरारकाले बताउँदै भन्नुभयो, “विद्युत्को मासिक पाँच करोड र तीन सय कामदारको भुक्तानीबाहेक अन्य विषयमा चिन्ता छैन । ”
एउटै उद्योगले दैनिक ४० सिलिन्डरभन्दा बढी अक्सिजन खपत गर्दै आएका थिए । पशुपति आइरनलाई दैनिक ४० वटा सिलिन्डर चाहिने उद्योगी मुरारका बताउनहुन्छ । आरतीका उपाध्यक्ष अश्विनी शर्माले उद्योगको स्टिल युनिट पाँच दिनदेखि पूर्ण बन्द भएको जानकारी दिनुभयो । उद्योगको कर्कटपाताको युनिट भने २५ प्रतिशत क्षमतामा चलिरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?