logo
२०८० चैत्र १६ शुक्रवार



रियल मड्रिड हारबाट जोगियो, सेभियाले शीर्षस्थानमा उक्लिन रोक्यो

फुटबल |
खेलकुद |


रियल मड्रिड हारबाट जोगियो, सेभियाले शीर्षस्थानमा उक्लिन रोक्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते । रियल मड्रिडले एटलेटिको मड्रिडलाई पछाडि धकेल्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको छ । सेभिया विरुद्ध गए राति सम्पन्न खेलमा २–२ को बराबरीमा रोकिँदा रियल मड्रिड अङ्क बाँड्न बाध्य भयो । रियलले ३५ खेलबाट ७५ अङ्क बटुलेको छ । समान अङ्क रहे पनि रियल मड्रिड बार्सिलोनाभन्दा माथि दोस्रो स्थानमा उक्लेको छ । अतिरिक्त समयमा टोनी क्रूजको प्रहार एडेन हर्जाडले गोलको दिशा दिएपछि रियल मड्रिड हारबाट जोगिन पुग्यो ।
सेभियाले खेल सुरु भए लगत्तै २२ औं मिनेटमा सुरुवाती गोल गर्दै रियल मड्रिडमाथि १–० को अग्रता लियो । फर्नान्डो रेगेसले सेभियालाई महत्वपूर्ण अग्रता दिलाउनुभयो । हाफटाइमसम्म पछाडि परेको रियल मड्रिडले दोस्रो हाफ सुरु भएको २५ मिनेटपछि मार्को एसेन्सियोको गोलमा बराबरी गर्न पुग्यो । एडर मिलिटोले हयाण्डबल गरेपछि ७८ औं मिनेटमा सेभियाले पेनाल्टीको अबसर पायो । रकिटिकले कुनै गलती गर्नुभयो । सेभिया २–० को स्थितिमा पुग्यो ।
स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडको ७७ अङ्कसहित दोस्रो र तेस्रो स्थानको रियल मड्रिड र बार्सिलोनाभन्दा स्पष्ट दुई अङ्कको अग्रता कायम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?