logo
२०८१ बैशाख १२ बुधवार



बाार्सिलोनालाई बराबरीमा रोक्दै एटलेटिको शीर्ष स्थानमा यथावत

फुटबल |
खेलकुद |


बाार्सिलोनालाई बराबरीमा रोक्दै एटलेटिको शीर्ष स्थानमा यथावत
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २६ गते । उपाधि जित्ने होडमा रहेको एटलेटिको मड्रिडले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । घरेलु मैदान नौ क्याम्पमा एटलेटिकोसँग बराबरी खेलेपछि बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने सम्भाबनालाई खेर फालेको छ । तर उपाधि जित्न एटलेटिको मड्रिडले अझै चुनौतीको सामना गर्नुपर्नेछ । स्पेनिस ला लिगामा प्रत्येक टोलिले अझै तीन खेल खेल्न बाँकी नै छ । आइतबारका लागि निर्धारित खेलमा तेस्रो स्थानको रियल मड्रिडले सेभियालाई हराए ऊ शीर्ष स्थानमा उक्लिनेछ । यद्दपी शीर्ष चारमा रहेको टोलिको ला लिगाको उपाधि जित्ने सम्भाबना अझै कायमै छ ।
बार्सिलोनाले आगन्तुक एटलेटिको मड्रिडको रक्षात्मक पंक्तिलाई चिर्न सकेन । जसले गर्दा ऊ शीर्ष स्थानको एटलेटिकोसँग दुई अङ्कको दूरीमा बस्न बाध्य भयो । पहिलो हाफमा पाहुना टोलि एटलेटिकोका लागि लुईस सौरेजले गोलका लागि गर्नुभएको प्रयास मार्क आन्द्रे स्टिगनले विफल तुल्याउनुभयो ।
गत् जनवरीमा बार्सिलोना शीर्ष स्थानको एटलेटिकोसँग १३ अङ्कको दूरी कायम गरेको थियो । तर पछिल्लो खेलहरुमा प्रदर्शनलाई सुधार्दै बार्सिलोनाले उक्त दूरी कम गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?