logo
२०८० चैत्र १६ शुक्रवार



शीर्ष स्थानमा पुग्न काठमाडौंले बाहिरिसकेको चितवनको सामना गर्दै

फुटबल |
खेलकुद |


शीर्ष स्थानमा पुग्न काठमाडौंले बाहिरिसकेको चितवनको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २६ गते । नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता अन्तगर्त लिग चरणको अन्तिम खेलमा आज काठमाडौं रेजर्सले एफसी चितवनको सामना गर्दैछ । काठमाडौं रेजर्स प्ले अफमा पुगिसकेको छ । एफसी चितवन भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि काठमाडौंले चितवनको सामना गर्नेछ । काठमाडौं अङ्क तालिकाको हाल दोस्रो स्थानमा छ । पाँच मध्ये तीन खेलमा जित हात पारेको काठमाडौंले तालिकाको शीर्ष स्थानमा पुग्न आज चितवनसँगको स्पर्धा महत्वपूर्ण हुनेछ । शीर्ष स्थानमा रहेको धनगढी र दोस्रो स्थानको काठमाडौंको समान दश अङ्क छ । काठमाडौंले चितवनसँग बराबरी मात्रै खेलेको अवस्थामा समेत ऊ धनगढीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिनेछ ।
पोखरा थन्डर्स, बिराटनगर सिटी एफसी र एफसी चितवन प्ले अफबाट बाहिरिसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?