logo
२०८१ बैशाख १३ बिहीवार



च्याम्पियन्स लिगको फाइनल हेर्न बेलायती प्रशंसकको यात्रामा रोक

फुटबल |
खेलकुद |


च्याम्पियन्स लिगको फाइनल हेर्न बेलायती प्रशंसकको यात्रामा रोक
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २५ गते । बेलायत सरकारले टर्कीमा हुने च्याम्पियन्स लिग फुटबलको फाइनल खेल हेर्न यात्रा गर्ने तयारीमा रहेका प्रशंसकको यात्रामा रोक लगाएको छ । च्याम्पियन्स लिगको उपाधिका लागि म्यान्चेष्टर सिटी र चेलसीले मई २९ मा स्पर्धा गर्नेछ । बेलायतले टर्कीलाई यात्रा गर्न नहुने रातो सूचीमा सूचीकृत गरेको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट शापले कोभिड १९ को रातो सूचीमा सूचीकृत राष्ट्रको अत्यन्तै जरुरी बाहेकको परिस्थिति अतिरिक्त भ्रमणमा रोक लगाइएको छ । उहाँले बेलायत सरकार च्याम्पियन्स लिगको फाइनल स्वदेशमै आयोजना गर्न तयार रहेको बताउनुभयो ।
यूरोपेली फुटबल संघले अटाटर्कमा रङशालामा हुने फाइनलका लागि दुबै टोलिलाई चार हजार टिकट उपलब्ध गराउने आशा गरिएको छ । बेलायती फुटबल संघ यूरोपेली फुटबल संघसँग खेल अन्यत्र सार्न छलफल गरिरहेको उहाँले बताउनुभयो । यद्दपी उक्त निर्णय यूरोपेली संघमा निर्भर रहने उहाँले खुलाउनुभयो ।
खेलाडीलाई समेत टर्की पुग्न र फर्किन समस्या हुने बताउनुहुँदै उहाँले रातो सूचीमा रहेका राष्ट्रबाट फर्किने बेलायती नागरिकलाई दश दिनको अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएकोले खेलाडीमा समेत उक्त निर्णय कार्यान्वयन हुने प्रष्ट्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?