logo
२०८० चैत्र १५ बिहीवार



चितवनलाई हराउँदै पोखरा तेस्रो स्थानमा उक्लियो, प्ले अफ पुग्ने सम्भाबना बलियो

फुटबल |
खेलकुद |


चितवनलाई हराउँदै पोखरा तेस्रो स्थानमा उक्लियो, प्ले अफ पुग्ने सम्भाबना बलियो
तस्विर-एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २५ गते । पोखरा थन्डर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल फ्रेञ्चाइज प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ । चितवनमाथि जित हात पार्दै पोखरालाई बिराटनगरलाई उछिन्दै तेस्रो स्थानमा उक्लेको हो । उसको आठ अङ्क छ । प्ले अफका लागि छनोट हुन पोखराले बिराटनगर र ललितपुरको अन्तिम खेलमा निर्भर हुनुपर्नेछ ।
पोखराले लिगको सबै खेल खेलिसक्दा आठ अङ्क जोडेको छ । बिराटनगर र ललितपुरले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । शनिबारका लागि निर्धारित खेलमा बिराटनगरले ललितपुरको सामना गर्नेछ । उक्त खेलमा जित हात पार्ने टोलि प्ले अफका लागि छनोट हुनेछ । खेल बराबरीमा टुगिंए बिराटनगर र पोखरा प्ले अफमा धनगढी र काठमाडौैं रेजर्ससँग जोडिनेछ ।
बिराटनगरले पाँच खेलबाट सात अङ्क र ललितपुरले पाँच खेलबाट छ अङ्क जोडेको छ । उसको गोल अन्तर पोखरा र छनोट भइसकेको काठमाडौंभन्दा बढी छ । ललितपुरले भने अन्तिम खेल जित्नैपर्ने हुन्छ । ललितपुरले अन्तिम खेलमा जित हात पारे बिराटनगर बाहिरिनेछ । पोखरा र ललितपुर प्ले अफमा पुग्नेछ । बिराटनगरले बराबरी खेलेको अवस्थामा ललितपुरको प्ले अफ पुग्ने बाटो बन्द हुनेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफमा चितवनले गोल गर्दै सुरुवाती अग्रता लियो । चितवनका लागि शिशिर लेखीले ७२ औं मिनेटमा गोल गर्नुभयो । खेलमा १–० को अग्रता लिएको चितवनले उक्त अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपर्यो । पोखराका लागि नवयुग श्रेष्ठ र राफेल रिमगागोले सामान एक एक गोल गरे । नवयुगले ८५ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो । अतिरिक्त समयको अन्तिम मिनेटमा राफेल रिमागागोले गोल गर्दै पोखराको जित सुनिश्चित गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?