logo
२०८१ बैशाख ७ शुक्रवार



पोखराले आफ्नो अन्तिम लिग खेलमा चितवनको सामना गर्दै

फुटबल |
खेलकुद |


पोखराले आफ्नो अन्तिम लिग खेलमा चितवनको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २४ गते । नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगिताको १८ औं खेलमा आज पुछारमा रहेको दुई टोलीबीच स्पर्धा हुँदैछ । पुछारमा रहेको एफसी चितवनले पुछारबाट दोस्रो स्थानमा रहेको पोखार थन्डर्सको सामना गर्दैछ । दुई टोलीबीचको खेल साँझ साढे पाँच बजेपछि दशरथ रङशालामा हुनेछ ।
एफसी चितवनको प्ले अफ पुग्ने सम्भाबना लगभग समाप्त भइसकेको छ । उसले चार खेलबाट मात्र दुई अङ्क बटुलेको छ । प्ले अफका लागि सम्भाबनालाई जिवित राख्न चितवनले बाँकीको दुबै खेल जित्नैपर्ने हुन्छ । यद्यपि चितवन र पोखरा दुबै टोलीले ले तेस्रो स्थानको विराटनगर र चौथो स्थानको ललितपुर सिटीको अन्तिम खेलमा निर्भर हुनुपर्नेछ ।
गए राति सम्पन्न खेलमा विराटनगरले काठमाडौंबाट हार बेहोर्दा ऊ एक खेल अगावै प्ले अफ पुग्ने अवसरलाई खेर फाल्यो । विराटनगरको सात अङ्क छ । चौथो स्थानको ललितपुर सिटी एफसीले पाँच खेलबाट छ अङ्क जोडेको छ । बुटवल लुम्बिनीको पाँच अङ्क छ । उसले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ ।
आज हुने खेलमा पोखराले चितवनलाई हराए उसको आठ अङ्क हुनेछ । प्ले अफ पुग्न उसको आफ्नै अङ्कले पर्याप्त हुन्न । ऊ तेस्रो र चौथो स्थानमा रहेको विराटनगर र ललितपुरको खेलमा निर्भर रहनुपर्ने हुन्छ । विराटनगर र ललितपुर अन्तिम खेलमा हार बेहोर्ने र पोखराले अन्तिम खेलमा चितवनमाथि जित हात पारे प्ले अफ पुग्ने सम्भावना जीवित रहन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?