logo
२०८१ बैशाख १३ बिहीवार



काठमाडौं रेजर्स प्ले अफका लागि छनोट

फुटबल |
खेलकुद |


काठमाडौं रेजर्स प्ले अफका लागि छनोट


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २४ गते । काठमाडौं रेजर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफका लागि छनोट भएको छ । बिहीबार अबेर साँझ सम्पन्न अत्यन्त रोमाञ्चक स्पर्धामा काठमाडौंले बिराटनगरमाथि ५–४ को जित हात पार्यो । पहिलो हाफमा २–० को अवस्थामा रहेको बिराटनगरले अग्रता जोगाउन नसक्दा काठमाडौंबाट हार बेहोर्दै एक खेल अगावै प्ले अफमा पुग्ने सम्भाबना खेर फाल्यो ।
काठमाडौंले पाँच खेलमध्ये तीनमा जित, एकमा हार र एक बराबरी खेल्दै दश अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको छ । लिगको अन्तिम खेल खेल्न बाँकी नै छ । तेस्रो स्थानमा रहेको बिराटनगरको सात अङ्क छ । उसले प्ले अफमा पुग्ने सम्भाबना जिवितै राख्न लिगको अन्तिम खेलमा जित्नैपर्ने वा बराबरी खेल्नुपर्ने हुन्छ ।
बिराटनगरले एडेलाजा ओलुवावुन्मीले पाँचौं मिनेटमा गर्नुभएको गोलबाट १–० को अग्रता लियो । ३३ औं मिनेटमा पेड्रो माञ्जीले गोल थप्दै अग्रतालाई २–० बनाउनुभयो । काठमाडौंको जितमा विदेशी खेलाडी मेस्सौके ओलौमौले सर्बाधिक तीन गोल गर्नुभयो । उहाँले ३५ औं ५६ औं र ६७ औं मिनेटमा गरेर हयाट्रिक गोल पुरा गर्नुभयो । ४१ औं मिनेटमा स्टिफन बिनोङको गोलबाट काठमाडौंले खेल ३–२ को स्थितिमा ल्यायो । रञ्जित धिमालले ७८ औं मिनेटमा गोल गर्दा बिराटनगरले खेल ३–४ को स्थितिमा ल्यायो । रञ्जित धिमालले ७८ औं मिनेटमा गोल गर्नुभयो । काठमाडौंका छिरिङ गुरुङले ८२ औं मिनेटमा गोल थप्नुभयो । बिराटनगरका पेड्रो माञ्जीले अतिरिक्त समयमा गोल गरेपनि खेलमा पुनरागमन गर्न बिराटनगरले ढिला गरिसकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?