logo
२०८० चैत्र १६ शुक्रवार



प्रमुख प्रशिक्षक व्हाटमोर श्रीलङ्का प्रस्थान

क्रिकेट |
खेलकुद |


प्रमुख प्रशिक्षक व्हाटमोर श्रीलङ्का प्रस्थान
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २१ गते । राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोर आज श्रीलङका प्रस्थान गर्नुभएको छ । कोभिड १९ महामारीले नेपालमा क्रिकेट गतिबिधि पूर्णरुपमा बन्द भएपछि प्रशिक्षक व्हाटमोर श्रीलङ्का प्रस्थान गर्नुभएको हो ।
नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहका अनुसार प्रशिक्षक व्हाटमोर परिवारसँगै केही समय बिताउन श्रीलङ्का प्रस्थान गर्नुभएको हो । “नेपालमा कोभिडको अवस्था हेरेर प्रशिक्षक व्हाटमोरलाई बोलाइनेछ ।”– कोषाध्यक्ष सिंहले बताउनुभयो । उहाँ एक महिनाको विदामा रहनुहुनेछ ।
गत् डिसेम्बर महिनामा नेपाल क्रिकेट संघ(क्यान)ले डेभ व्हाटमोरलाई राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो । एक वर्षे कार्यकालका लागि प्रशिक्षक नियुक्त हुनुभएका व्हाटमोर करिब तीन महिना नेपाली क्रिकेट टोलिको प्रशिक्षणमा निरन्तर रहनुभयो । गत् चैत्त महिनामा क्यानले प्रशिक्षकसँग स्थानीय क्रिकेटर अभियान सञ्चालन गर्दा प्रशिक्षक व्हाटमोर प्रदेश १ को बिराटनगरमा तीन दिन बिताउनुभएको थियो ।
लगत्तै नेपालले नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी श्रृखंला खेल्ने तय भएपछि उक्त कार्यक्रम बीचमै छोडेर प्रशिक्षक व्हाटमोर काठमाडौं फर्केर बन्द शिविरमा प्रशिक्षण सुरु गर्नुभयो । पहिलो प्रतियोगितामै नेपालले उपाधि हात पारेपछि प्रशिक्षक व्हाटमोरको समेत प्रशंसा भएको छ ।
आईसीसीको क्रिकेट तालिका बमोजिम नेपालले आगामी जुलाइ महिनामा नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृखंला खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?