logo
२०८१ बैशाख १३ बिहीवार



विराटनगर शीर्षस्थानमा उक्लियो

फुटबल |
खेलकुद |


विराटनगर शीर्षस्थानमा उक्लियो
तस्विर-एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २१ गते । विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्षस्थानमा उक्लेको छ । गए राति सम्पन्न खेलमा सिटी एफसी चितवनलाई हराएर विराटनगर शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा विराटनगरले चितवनमाथि २–० को सहज जित हात पार्यो । विराटनगरको जितमा पेड्रो माञ्जी र सन्तोष तामाङले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको १२ मिनेटभित्र विराटनगरले दुई गोल गर्यो ।
जितसँगै विराटनगरले चार खेलबाट सात अङ्क जोडेको छ । उसले दुईमा जित, एक बराबरी र एकमा हार बेहोरेको छ । समान सात अङ्क रहेको धनगढी दोस्रो स्थानमा छ । चितवन भने हारसँगै पूछारमा यथावत छ । उसले चार खेलमध्ये दुईमा हार र दुई बराबरी खेलेर दुई अङ्क जोडेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?