logo
२०८१ बैशाख ८ शनिवार



चेन्नईका तीन अधिकारीसहित कलकत्ताका दुई खेलाडीमा कोरोना सङ्क्रमण, आजको खेल स्थगित

क्रिकेट |
खेलकुद |


चेन्नईका तीन अधिकारीसहित कलकत्ताका दुई खेलाडीमा कोरोना सङ्क्रमण, आजको खेल स्थगित
तस्विर-बीसीसीआई


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख २० गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को जारी संस्करणमा तीन अधिकारीसहित दुई खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रिमियर लिगमा सहभागी चेन्नई सुपर किंग्सका तीन जना र कलकत्ता नाइट राइडर्सका दुईमा सङ्क्रमणको पुष्टि भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुनेमा चेन्नई क्रिकेट टोलिका तीन जना अधिकारी छन् । चेन्नई क्रिकेट टोलिमा सङ्क्रमित हुनेमा प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथन, बलिङ प्रशिक्षक लक्ष्मीपति बालाजी र एकजना बसका सफाइ कर्मचारी हुन् । देलहीमा रहेका टोलिका खेलाडीमा भने सङ्क्रमणको पुष्टि भएको छैन् । आइतबार कोरोना परीक्षण गरिएको थियो ।
यसैबीच, कलकत्ता नाइट राइडर्सका दुईजना खेलाडीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । कलकत्ता र बैंगलोरबीच आज राति अहमदाबादका लागि निर्धारित खेल स्थगित भई पुर्नतालिका गरिएको छ । कलकत्ताका स्पिनर बरुण चक्रवर्ती र तीब्र गतिका बलर सन्दीप वरियरमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत् अप्रिलमा आईपीएल सुरु भए यता खेलाडी तथा अधिकारीमा पहिलो पटक कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
चक्रवर्ती केही दिन अघि स्वास्थ्य उपचारको क्रममा काँधको सिटी स्क्यानका लागि बाहिर अस्पताल पुग्नुभएको थियो । उपचारकै क्रममा उहाँ सङ्क्रमित भएको हुनसक्ने सम्भाबना ब्यक्त गरिएको छ । कलकत्ताका अन्य खेलाडीमा भने सङ्क्रमण रिपोर्ट निगेटिभ आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?