logo
२०८० चैत्र १६ शुक्रवार



बराबरी खेल्दै पोखरा तेस्रो स्थानमा उक्लियो

फुटबल |
खेलकुद |


बराबरी खेल्दै पोखरा तेस्रो स्थानमा उक्लियो
तस्विर-एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २० गते । नेपाल सुपर लिग(एनएस) फुटबल प्रतियोगिता अन्तर्गतको १२ औं खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीलाई गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै पोखरा अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
सुपर लिग अन्तगर्त गए राति सम्पन्न खेलमा पोखराले ललितपुरसँग ०–० खेलेको छ । बराबरीसँगै दुबै टोलीले एक एक अङ्क बाँड्यो । पोखराले चार खेलबाट पाँच अङ्क जोडेको छ । पोखराले चार खेलमध्ये एकमा जित, दुई बराबरी र एकमा हार बेहोरेको छ । ललितपुर भने छैटाैं स्थानमा यथावत् छ । उसले एक अङ्क जोडे पनि सामान अङ्क रहेको विराटनगर र काठमाडौंलाई उछिन्न सकेन । विराटनगर र काठमाडौंले भने तीन तीन खेल मात्रै खेलेको छ ।
धनगढी अङ्कतालिकाको शीर्षस्थानमा छ । उसको सात अङ्क छ । दोस्रो स्थानको बुटवल लुम्बिनिली तीन खेलबाट पाँच अङ्क जोडेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?