logo
२०८१ बैशाख ११ मंगलवार



पोखराले ललितपुरको सामना गर्दै

फुटबल |
खेलकुद |


पोखराले ललितपुरको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १९ गते । नेपाल सुपर लिगको आज हुने एक मात्र खेलमा पोखरा थन्डर्सले ललितपुर सिटी एफसीको सामना गर्दैछ । अङ्कतालिकामा चौथो स्थानमा रहेको पोखराले छैटाैं स्थानको ललितपुरको सामना गर्न लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि उक्त खेल हुनेछ । पोखराले आजको खेल जिते अङ्क तालिकाको शीर्षस्थानमा उक्लिने सम्भावना छ । ललितपुर भने पोखरालाई हराए तेस्रो स्थानमा उक्लिन सक्नेछ । शीर्ष स्थानको धनगढीको सात अङ्क छ । दोस्रो स्थानको लुम्बिनीको छ तथा विराटनगरको पाँच अङ्क छ ।
प्रतियोगिता अन्तर्गत गए राति सम्पन्न खेलमा बुटवल लुम्बिनीले विराटनगरसँग २–२ को बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?