logo
२०८१ बैशाख ६ बिहीवार



चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लियो

फुटबल |
खेलकुद |


चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा उक्लियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १८ गते । धनगढी एफसीले एफसी चितवनलाई हराएको छ । नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगिता अन्तगर्त आज सम्पन्न पहिलो खेलमा धनगढीले चितवनलाई हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज सम्पन्न दिनको पहिलो खेलमा धनगढीले चितवनलाई ३–० को फराकिलो अन्तरले हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलको दोस्रो हाफको १६ मिनेटभित्र लगातार तीन गोल गर्दै धनगढीले चितवनमाथि सहज जित हात पार्यो ।
६४ औं मिनेटमा निशान लिम्बुको गोलबाट धनगढीले १–० को सुरुवाती अग्रता लियो । पहिलो गोल गरेको पाँच मिनेट नबित्दै ओलवाले अफिजले गोल गर्दै धनगढीको अग्रतालाई दोब्बर बनाउनुभयो । ८० औं मिनेटमा बुद्धबल तामाङले गर्नुभएको गोल धनगढीको चितवनमाथि ३–० को जित दिलाउन पर्याप्त भयो ।
जितसँगै धनगढी अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले चार खेलमध्ये दुईमा जित, एक बराबरी र एकमा हार खेलेर सात अङ्क जोडेको छ । पाँच अङ्कसहित बुटबल दोस्रो स्थानमा र चार अङ्कसहित बिराटनगर तेस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?