logo
२०८० चैत्र १५ बिहीवार



रियल मड्रिडको उपाधि जित्ने आशा तिरस्कृत

फुटबल |
खेलकुद |


रियल मड्रिडको उपाधि जित्ने आशा तिरस्कृत
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १२ गते । रियल मड्रिडको स्पेनिस ला लिगाको उपाधि जित्ने आशा तुहिएको छ । रियल बेटिस बिरुद्ध गोलरहित बराबरी खेलेपछि रियल मड्रिडको उक्त आशा तुहिएको हो ।
स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दुई अङ्कले पछाडि छ । एटलेटिकोले अझै एक खेल खेल्न बाँकी नै छ । एटलेटिको मड्रिडले आइतबार एथलेटिको बिल्बाओको सामना गर्दैछ । बार्सिलोना तेस्रो स्थानमा छ । रियलभन्दा ऊ तीन अङ्कले पछाडि छ । तर अझै दुई खेल खेल्न बाँकी नै छ ।
रोड्रिगोले गर्नुभएको प्रहार क्रसबारमा लागेर उछिट्टिएपछि उसको अग्रता लिने प्रयास विफल भयो । गुइडो रोड्रिगजले रियल बेटिसका लागि गोल गर्ने उपयुक्त अबसर पाएपनि थिबौट कौर्टोसले विफल तुल्याउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?