logo
२०८१ बैशाख ११ मंगलवार



विराटनगरले धनगढीको र पोखराले बुटवलको सामना गर्दै

फुटबल |
खेलकुद |


विराटनगरले धनगढीको र पोखराले बुटवलको सामना गर्दै
तस्विर–एनएसएल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १२ गते । नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीको सामना गर्दैछ । दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल लुम्बिनी एफसीसँग भिड्नेछ ।
पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न दुई बजेटर ३० मिनेटपछि हुनेछ । दोस्रो खेल साँझ साढे पाँच बजेबाट हुनेछ । यसअघि शनिबारदेखि प्रतियोगिताको सुरु भएकोमा पहिलो खेलमा काठमाडौंले ललितपुर सिटी एफसीको सामना गरेको थियो । ललितपुर काठमाडौंबाट १–० को हार बेहोरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?