logo
२०८१ बैशाख १२ बुधवार



सुरु हुँदै फुटबलको सुपर लिग, ललितपुर र काठमाडौं स्पर्धा गर्दै

फुटबल |
खेलकुद |


सुरु हुँदै फुटबलको सुपर लिग, ललितपुर र काठमाडौं स्पर्धा गर्दै


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ११ गते । नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइज प्रतियोगिता आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा ललितपुर सिटी एफसीले काठमाडौं रेजर्सको सामना गर्दैछ । यो नेपालको पहिलो फुटबल फ्रेञ्चाइज प्रतियोगिता हो । साँझ साढे पाँच बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रङशालामा दुई टोलिबीचको स्पर्धा हुनेछ । प्रतियोगिताको सबै खेल दर्शकको अनुपस्थितिमा हुनेछ ।
नेपाल सुपर लिगले सार्बजनिक गरेको तालिका बमोजिम प्रतियोगिता अबधिभरि २५ खेल हुनेछ । प्रतियोगिताको उपाधिको खेल जेठ १ गते हुनेछ । लिग चरणको अन्तिम खेल बैशाख २६ गते हुनेछ । बैशाख २८ र २९ गते लिगमा उत्कृष्ट हुने चार टोलिले स्पर्धा गर्नेछ । बैशाख ३० गते एलिमिनेटर खेल हुनेछ ।
लिग चरणको १५ दिनको अबधिमा २१ खेल हुनेछ । प्रतियोगितामा सहभागी सबै सात फ्रेञ्चाइज टोलिले लिग चरणमा छ छ खेल खेल्नेछ ।
प्रतियोगितामा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, बिराटनगर सिटी एफसी, धनगढी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनि एफसी र एफसी चितवन सहभागी हुँदैछ ।
फ्रेञ्चाइज फुटबलको विजेताले ३५ लाख रुपियाँ र उपविजेताले १५ लाख रुपियाँबाट पुरस्कृत हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?