logo
२०८१ बैशाख ८ शनिवार



नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने

फुटबल |
खेलकुद |


नेपाल सुपर लिगको विजेताले ३५ लाख पाउने
तस्विर–नेपाल सुपर लिग


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १० गते । नेपाल सुपर लिग(एनएसएल)को विजेताले पुरस्कार स्वरुप ३५ लाख रुपियाँ पाउने भएको छ । नेपाल सुपर लिग काठमाडौंमा शनिबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच स्पर्धा हुनेछ ।
लिगको पूर्बसन्ध्यामा आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स मैनेजमेन्टले आयोजना गरेको पत्रकार सम्मेलनमा विजेता र उपविजेतालाई प्रदान गरिने पुरस्कार राशीसहित तयारीबारे जानकारी गराएको हो । लिगको उपविजेता हुने टोलिले १५ लाख रुपियाँबाट पुरस्कृत हुनेछ ।
लिगमा उत्कृष्ट हुने गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, ‘इमर्जिङ’ खेलाडीलाई समान एक एक लाख रुपियाँबाट पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेल शनिबार साँझ साढे पाँच बजेपछि दशरथ रङशालामा खेलाइनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?