logo
२०८० चैत्र १६ शुक्रवार



नेपालले पछिल्लो कीर्तिमान भङ्ग गर्यो, मलेसिया समक्ष २१८ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


नेपालले पछिल्लो कीर्तिमान भङ्ग गर्यो, मलेसिया समक्ष २१८ रनको लक्ष्य


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । नेपालले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा आफ्नो तीन दिन पुरानो कीर्तिमान भङ्ग गरेको छ । मलेसिया विरुद्धको आजको खेलमा २० ओभरमा २१७ रन तयार गरेको नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रियमा अहिलेसम्मकै दोस्रो सर्वाधिक योगफल तयार गर्न सफल भयो। यसअघि दक्षिण एशियाली खेलकुदमा नेपालले भुटानविरुद्ध २० ओभरमा २३६ रनको योगफल तयार गरेको थियो । उक्त योगफल नै नेपालको अहिलेसम्मको सर्वाधिक अन्तर्राष्ट्रिय टी ट्वान्टी योगफल हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पूरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २१७ रनको योगफल तयार गरेको हो । ओपनर आशिफ शेष, कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र करण केसीले विष्फोटक पारी खेलेपछि नेपालले विशाल योगफल तयार गर्न सफल भयो । यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्धको खेलमा २०६ रन बनाएर दोस्रो सर्बाधिक योगफलको कीर्तिमान बनाएको थियो । तर उक्त खेल नेपालले तीन विकेटले हार्न पुग्यो ।
नेपालको पारीमा ओपनर शेषले मात्र ३२ बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाउनुभयो । कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा एक चौका र चार छक्काको सहयोगमा ४१ रन तथा दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रनको योगदान दिनुभयो । करण केसीले मात्र १३ बलमा सात छक्कासहित ४५ रनको पारी खेलेपछि नेपालले उत्कृष्ट अन्त्य दिन सफल भयो । कुशल मल्ल दश बलमा १९ रन बनाएर अविजित रहनुभयो ।
मलेसियाका लागि फित्री शाम, अनवर रहमान र सैएद अजिजले सामान दुई दुई विकेट लिनुभयो । मुहम्मद वफिकले एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?