logo
२०८१ बैशाख ६ बिहीवार



नेपालले उपाधिको होडबाट बाहिरिएको मलेसियाको सामना गर्दै

क्रिकेट |
खेलकुद |


नेपालले उपाधिको होडबाट बाहिरिएको मलेसियाको सामना गर्दै
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको लिगको अन्तिम खेलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । नेपालले मलेसियाको सामना गर्नुअघि नै फाइनलमा नेदरल्याण्ड्ससँगको भेट सुनिश्चित गरिसकेको छ । नेपाल फाइनलमा पुगिसकेकोले आज हुने खेलमा पछिल्लो तीन खेलको अन्तिम एघारबाट टोलीमा केही हेरफेर गर्न सक्ने अनुमान गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह एक बजेपछि उक्त खेल हुनेछ । मलेसियाले प्रतियोगितामा अझै एउटै खेल जित्न सकेको छैन् । नेदरल्याण्ड्स विरुद्ध बुधबार बराबरी खेल्दै अङ्क बाँडेको मलेसियाले नेपाललाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । नेपालले भने प्रतियोगिताको सुरु दुई खेलमा नेदरल्याण्ड्स र मलेसियालाई हराए पनि तेस्रो खेलमा नेदरल्याण्ड्स विरुद्धको हार बिर्सेर प्रतियोगितामा आफ्नो लय कायम राख्न प्रयत्नशील रहनेछ ।
यद्यपि मौसम प्रतिकूलताले मलेसिया र नेपालबीचको खेल प्रभावित हुन सक्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?