logo
२०८१ बैशाख ८ शनिवार



जोस मौरिन्हो बर्खास्त गरिए

फुटबल |
खेलकुद |


जोस मौरिन्हो बर्खास्त गरिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ६ गते । टटनहमका प्रशिक्षक जोस मौरिन्हो बर्खास्त हुनुभएको छ । करिब १७ महिनासम्म टटनहमको प्रमुख प्रशिक्षकको जिम्मेवारीमा रहनुभएका उहाँलाई आइतबार बर्खास्त गरिएको हो ।
टटनहमले मौरिसियो पोचेटिनोलाई हटाएर मौरिन्होलाई ब्यवस्थापक नियुक्त गरेको थियो । गत् संस्करणको प्रिमियर लिगमा टटनहम छैठौं स्थानमा चित्त बुझाउनुपरेको थियो । टटनहम प्रिमियर लिगको जारी संस्करणमा हाल सातौं स्थानमा छ । पछिल्लो तीन खेलबाट टटनहमले मात्र दुई अङ्क बटुल्न सकेको छ । गत् मार्च महिनामा टटनहम यूरोपा लिगबाट समेत बाहिरिन पुग्यो ।
टटनहमले कारबाओ कपको फाइनलमा आगामी आइतबार म्यान्चेष्टर सिटीको सामना गर्नेछ । मौरिन्होसँग सहायक प्रशिक्षकको भूमिकामा रहेका जोआओ सैक्रामेन्टो, नुनो सान्टोस, कार्लस लैलिन र जिओभानी सेरालाई समेत बर्खास्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?