logo
२०८१ बैशाख ७ शुक्रवार



मुम्बईले हैदराबादलाई हरायो, आज दुई खेल हुने

फुटबल |
खेलकुद |


मुम्बईले हैदराबादलाई हरायो, आज दुई खेल हुने
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ५ गते । इन्डियन प्रिमिय लिग(आईपीएल)मा आज दुई खेल हुने भएको छ । लिगको दशौं खेलमा आज रोयल च्यालेन्जर्स बैंगलोरले कलकत्ता नाइट राइर्डसको सामना गर्दैछ । आज राति हुने दोस्रो खेलमा देल्ही क्यापिटल्सले पञ्जाब किंग्सको सामना गर्नेछ ।
चेन्नईमा हुने पहिलो खेल बैंगलोर र कलकत्ताबीच हुनेछ । प्रतियोगिताको पहिलो खेलमा जित हात पारेको कलकत्ताले दोस्रो खेलमा हार बेहोरेको थियो । बैंगलोरले भने आफ्नो दुबै खेल जितेको छ ।
दोस्रो खेलमा देल्हीले पञ्जाबको सामना गर्दैछ । मुम्बईमा हुने दोस्रो खेल राति पौने आठ बजे हुनेछ । पञ्जाब र देल्ही दुबैले दुई खेलमध्ये एउटामा जित हात पारेको छ ।
प्रतियोगिता अन्तगर्त गए राति सम्पन्न खेलमा मुम्बईले हैदराबादलाई हराएको छ । मुम्बईले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याउँदै हैदराबादले २० ओभरमा मात्र १३७ रनमा समेटियो । ६७ रनमा जोनी बैरिष्टोको रुपमा पहिलो विकेट गुमाएको हैदराबादले थप ७० रन जोडन नौ विकेट गुमाउन पुग्यो ।
मुम्बईका लागि ट्रेन्ट बौल्ट र राहुल चाहरले सामान तीन तीन तथा जसप्रित बुमराह र क्रूनाल पाण्ड्याले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, चेन्नईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको मुम्बईले पुरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा १५० रनको औसत योगफल तयार गर्यो । मुम्बईका लागि ओपनर क्विन्टन डे ककले कप्तान रोहित शर्मासँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेर उत्कृष्ट सुरुवात दिलाउनुभयो । डे ककले ४० तथा रोहितले ३२ रनको योगदान दिनुभयो । क्यारन पोलार्डले मात्र २२ बलमा एक चौका र तीन छक्का लगाएर अविजित रहँदै ३५ रनको योगदान दिनुभयो ।
हैदराबादका लागि मुजिब उर रहमान र विजय शंकरले सामान दुई दुई तथा खलिल अहमदले एक विकेट लिनुभयो । क्यारन पोलार्ड प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?