logo
२०८१ बैशाख ८ शनिवार



बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

फुटबल |
खेलकुद |


बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ । उपाधिका लागि भएको खेलमा बार्सिलोनाले एथलेटिको बिल्बाओलाई ४–० को फराकिलो अन्तरले हराएको हो । बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको यो ३१ औं पटक हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गर्नुभयो । पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएको खेलमा बार्सिलोनाले ६० औं मिनेटमा मात्रै पहिलो गोल गर्न सक्यो । बार्सिलोनाका लागि एन्टोनियो ग्रिजमन्नले फ्रेङ्की डी जोङ्गको क्रसलाई गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । पहिलो गोल गरेको तीन मिनेटपछि डी जङ्गले आफैं गोल गर्दै अग्रतालाई दोब्बर पार्नुभयो ।
बार्सिलोनाले दुई गोलको अग्रता लिएको पाँचौं मिनेटमा लियोनल मेस्सीले डी जङ्गकै प्रहारलाई गोलको दिशा दिदै आफ्नो पहिलो पुरा गर्नुका साथै बार्सिलोनालाई ३–० को अग्रता दिलाउनुभयो । चार मिनेटपछि जोर्डी अल्बाको क्रसलाई मेस्सीले गोलमा परिणत गर्दा बार्सिलोनाले एथलेटिका बिल्बाओमाथि ४–० को जित हात पार्दै उपाधि जित्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?