logo
२०८० चैत्र १५ बिहीवार



मेयर कपको विजेताले तीन लाख पुरस्कार पाउने

फुटबल |
खेलकुद |


मेयर कपको विजेताले तीन लाख पुरस्कार पाउने
तस्विर–हरि कोइराला


गोरखापत्र अनलाइन
ऊर्लाबारी, बैशाख ४ गते । मोरङको सुन्दरहरैचा नगरपालिकाले आयोजना गर्ने अन्तरनगर स्तरीय मेयर कप फुटबल प्रतियोगिताको विजेताले तीन लाख रुपियाँ पुरस्कारसहित ट्रफी पाउने भएको छ । प्रतियोगिता बैशाख छ गतेदेखि सुरु हुनेछ ।
नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी शुक्रबारे युवा क्लवको ब्यवस्थापन र १२ नं.वडा कार्यलयको सह आयोजनामा हुने प्रतियोगितामा मोरङका एक महानगर सहित ९ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्ने जनाएको छ । १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका विजेतालाई तीन लाख रुपियाँ र कप एवं उप विजेतालाई एक लाख ५० हजार रुपियाँ सहित ट्रफि प्रदान गरिने छ । स्थानीय शुक्रबारे खेल मैदानमा हुने खेलमा बिराटनगर महानगरपालिका, उर्लाबारी, पथरीशनिश्चरे, लेटाङ,रङ्गेली , सुनवर्सी, रतुवामाई, बेलबारी र आयोजक सुन्दरहरैचा नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् ।
नगर भित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरूसँग नयाँ पुस्ता खेलाडीलाई खेल्ने अवसर उपलब्ध गराउन प्रतियोगिताको आयोजना हुन लागेको हो । नगर प्रमुख शिवप्रसाद ढकालले भन्नुभयो–प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?