logo
२०८१ बैशाख १२ बुधवार



एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान

फुटबल |
खेलकुद |


एएफसी खेल्न त्रिभुवन आर्मी फुटबल क्लब गोवा प्रस्थान
तस्विर सौजन्य–नेपाली सेना


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २९ गते । त्रिभुवन आर्मी फुटबल क्लब एशियाली फुटबल संघको क्लब फुटबल प्रतियोगिता खेल्न गोवा प्रस्थान गरेको छ । आर्मीले दोस्रो चरणमा जेएसडब्ल्यु बैंगलुरुको सामना गर्नेछ ।
एएफसीको तालिका बमोजिम त्रिभुवन आर्मीले आगामी बुधबार जीएमसी एथलेटिक रङशालामा बैंगलुरुको सामना गर्नेछ । एफसी कप २०२१ अन्तगर्त दक्षिण प्रारम्भिक चरणको पहिलो छनौट खेल हुन लागेको हो । जस अन्तगर्त पहिलो चरणमा त्रिभुवन आर्मीले श्रीलङ्काली पुलिसको सामना घरेलु मैदानमा गरेको थियो । उक्त खेलमा फराकिलो अन्तरको जित हात पारेको त्रिभुवन आर्मीले दोस्रो चरणमा बैंगलुरुको सामना गर्दैछ ।
दोस्रो चरणको विजेता टोलिले अम्बानी लिमिटेड ढाका र क्लब इगल्स(माल्दिभ्स) बीचको खेलको विजेतासँग स्पर्धा गर्नेछ । उक्त खेल बैशाख ८ गते हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?