logo
२०८१ बैशाख १३ बिहीवार



यूक्रेनले फ्रान्सलाई बराबरीमा रोक्यो

फुटबल |
खेलकुद |


यूक्रेनले फ्रान्सलाई बराबरीमा रोक्यो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १२ गते । यूक्रेनले फ्रान्सलाई बराबरीमा रोकेको छ । विश्वकप फुटबल २०२२ को छनोट खेल अन्तगर्त गए राति सम्पन्न खेलमा यूक्रेनले फ्रान्सलाई १–१ को बराबरीमा रोकेको हो ।
समूह डी अन्तगर्तको खेलमा साबिक विजेता फ्रान्सले उत्कृष्ट सुरुवातका बावजूद खेल बराबरीमा टुंग्याउन बाध्य भयो । एन्टोनियो ग्रिजमनले देब्रे खुट्टाले १९ औं मिनेटमा गर्नुभएको प्रहार गोलमा परिणत भएपछि फ्रान्सले १–० को अग्रता लिन सफल भयो । तर रक्षात्मक पद्धतीलाई अझै चुस्त बनाएको यूक्रेनले सेह्रि सिर्डोचुकको उछिट्टिएको प्रहार फ्रान्सका गोलरक्षक ह्युगो लोरिसलाई छुदै फ्रान्सको गोल पोष्टमा छिरेपछि यूक्रेनले १–१ को बराबरीमा गयो ।
समूह डी अन्तगर्त गए राति नै सम्पन्न अर्को खेलमा फिनल्याण्डले बोस्निया हर्जेगोभिनासँग बराबरी खेल्यो । दुबैले २–२ को बराबरी खेल्दै अङ्क बाँडेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?