logo
२०८१ बैशाख १३ बिहीवार



विश्वकप छनोट खेलमा टर्कीले नेदरल्याण्ड्सलाई स्तब्ध बनायो

फुटबल |
खेलकुद |


विश्वकप छनोट खेलमा टर्कीले नेदरल्याण्ड्सलाई स्तब्ध बनायो
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १२ गते । नेदरल्याण्ड्सले विश्वकप फुटबल २०२२ छनोट अभियानको सुरुवात हारबाट गरेको छ । टर्कीले नेदरल्याण्ड्सलाई ४–२ को फराकिलो अन्तरले हराएको छ । सन् २०१० को विश्वकप फुटबलको उपविजेता समेत रहेको नेदरल्याण्ड्सले छनोट चरणको खेलमा टर्कीसँग हार बेहोर्दा समूह बीमा ऊ पाँचौं स्थानमा पुगेको छ ।
टर्कीको जितमा बुराक यिल्माज एक्लैले तीन गोल गर्नुभयो । यिल्मजले १५ औं मिनेटमा सुरुवाती गोल गर्दै टर्कीलाई १–० को अग्रता दिलाउनुभयो । ३४ औं मिनेटमा उहाँले पेनाल्टीलाई गोलमा परिणत गरेर अग्रता दोब्बर पार्नुभयो । ४६ औं मिनेटमा हयाकन कालहानोग्लुले तेस्रो गोल गर्दा नेदरल्याण्ड्स ०–३ ले पछाडि पर्न गयो ।
दोस्रो हाफको ७५ औं र ७६ औं मिनेटमा लगातार दुई गोल गरेर नेदरल्याण्ड्सले खेलमा पुनरागमन गर्यो । ७५ औं मिनेटमा डाभी क्लास्सेनले नेदरल्याण्ड्सका लागि पहिलो गोल गर्नुभयो । एक मिनेट नबित्दै लुक डे जोङले गोल थप्दा नेदरल्याण्ड्सले खेल २–३ को स्थितिमा ल्यायो । तर ८१ औं मिनेटमा यिल्मजले आफ्नो हयाट्रिक गोल पुरा गर्दै टर्कीलाई ४–२ को स्थितिमा पुर्याउँदै नेदरल्याण्ड्समाथिको जित सहज बनाउनुभयो ।
समूह जी मा रहेको नर्वे, टर्की, मोन्टेनेग्रो, लात्भिया, नेदरल्याण्ड्स र जिब्राल्टरले सामान एक एक खेल खेलेको छ । नर्वे, टर्की र मोन्टेनेग्रोले समान तीन अङ्क जोडेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?