logo
२०८१ बैशाख ७ शुक्रवार



नेपालले किर्गिस्तानको सामना गर्दै

फुटबल |
खेलकुद |


नेपालले किर्गिस्तानको सामना गर्दै
तस्विर–बिकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १२ गते । ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आज किर्गिस्तानको सामना गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।
नेपाल, बङ्गलादेश र किर्गिस्तान सम्मिलित ‘थ्री नेशन्स कप’ मा आज हुन लागेको खेल दोस्रो खेल हो । यसअघि उद्घाटन खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० ले हार बेहोरेको थियो । प्रतियोगितामा नेपालले किर्गिस्तानलाई हराए बङ्गलादेश विरुद्धको दोस्रो खेल खेल्नु अघि नै फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
किर्गिस्तानले भने प्रतियोगितामा जिवित रहन आजको खेलमा नेपाललाई हराउनैपर्ने बाध्यता छ । नेपालले किर्गिस्तानलाई बराबरीमा रोकेर बङ्गलादेश बिरुद्धको खेल जित्ने अवस्थामा पनि किर्गिस्तान बाहिरिनेछ ।
नेपालले घरेलु दशर्कको उपस्थितिमा आफ्नो पहिलो खेलमा जित हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । प्रशिक्षक बालगोपाल महर्जनले ‘थ्री नेशन्स कप’ फुटबलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसक्नुभएको छ ।
गोलकिपर समेत रहनुभएका किरणकुमार लिम्बू नेतृत्वको टोलीमा बिकेश कुथु र दीप कार्की आरक्षित गोलकिपरका रुपमा हुनुहुन्छ । डिफेन्समा रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन र छिरिङ गुरुङ हुनुहुन्छ ।
मीडफिल्डमा त्रिदेब गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सञ्जोग राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवानमध्ये टोली ब्यवस्थापनले अन्तिम एघारमा स्थान पाउने खेलाडीको सूची खेल सुरु हुनुअघि सार्बजनिक गर्नेछ । फरवार्डमा अञ्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?